Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाडी मुलुकको जेलमा रहेका नेपालीहरुको तथ्याङ्क नेपाल सरकार परराष्ट्र मन्त्रालयसँग मागेका छन् ।
प्रधामन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई बोलाएर खाडी मुुलुकमा रहेका नेपालीहरुका समस्याबारे चासो राख्दै त्यहाँका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क तत्काल आफूलाई दिन निर्देशन दिएका दिएका हुन् ।
सचिव बैरागीलाई प्रधानमन्त्रीले प्रचण्डले भने, ‘साउदी, कतार, मलेसियालगायत खाडी मुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’
साथै प्रधानमन्त्री प्रचण्डले खाडी मुलुकमा बन्दी जीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारेमा जानकारी लिएका छन् । जवाफ सचिव बैरागीले रामचन्द्र तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
साथै परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलुकहरुमा धेरै कम्पनीहरु बन्द हुँदै गएको र नेपाली कामदारहरु कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको विकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने बताए ।

खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क मागे प्रधानमन्त्री प्रचण्डले

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...