बक्स पलङभित्र कमलाको शव घाँटीमा बिजुलीको तारले बाँधेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार उनको टाउकोमा चोट पनि देखिएको छ । कमलको हत्यापछि कोठामा रहेका लाखौं मूल्य बराबरका गरगहना र रकम पनि लुटिएको बताइएको छ ।
बुटवलमा जुत्ता पसल सञ्चालन गर्दै आएका उनका श्रीमान् नित्यानन्द न्यौपाने र दुई सन्तान काठमाडौंमा रहेका बेला कमलाको रहस्यमय ढंगले हच्या भएको हो ।
विगत केही वर्षदेखि बुटवलमा ‘ढुकुटी’ खेलाउँदै आएकी कमलाको लेनदेनसम्बन्धी रिसइबीमा चिनेजानेकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
