Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

अमेरिका निवासी अर्जुनप्रसाद मैनालीले दाम्लोमा बाँधिएर बस्दै आएकी उदयपुरकी गर्भवती महिला सृजना कार्की खड्कालाई आर्थिक सहयोग गरेका छन् ।
मैनालीले सृजनाको उपचार र रेखदेखका लागि ३५ हजार रुपैयाँ पठाएको जनाएका छन् । उनले सहयोगका लागि पनि अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अपील गरेका छन् ।
उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की खड्का थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेर वृद्धा सासु ससुराको सहयोगमा बस्दै आएकी छिन् । उनका पतिले छाडेर भागपछि मानसिक अवस्था ठीक नभएकी सृजनालाई बाँधेर राखिएको हो ।
जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी छ महिने गर्भवती सृजनाको तस्बिर र समाचार सार्वजनिक भएपछि सहयोग गर्नेहरूले चासो देखाउन थालेका छन् ।
सृजनाले अबको तीन महिनामा बच्चा जन्माउँदै छिन् । ‘उनको नियमित उपचार र बच्चा हुर्काउन केही सहयोग आवश्यक पर्न सक्छ’, मैनालीले भनेका छन्, ‘त्यस बखत म तपार्इ अमेरिकावासी नेपालीहरुमा सहयोगको लागि पुनः आब्हान गर्नेछु ।’
मैनालीले अमेरिकामा १ सय २२ पटक रक्तदान गरेर चर्चा कमाइसकेका छन् । उनी सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएका छन् ।

दाम्लोमा बाँधिएकी सृजनालाई अमेरिकाबाट ३५ हजार सहयोग

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...