पानीपतबाटत ट्रेनमा चढेर आएकी दीप्तिलाई गाजियाबादबाट आएका आफ्ना मातापिता र प्रहरीले लिएर घर पुगाएको थियो । दीप्तिले स्नैपडीलमा आईटी इञ्जिनियरको काम गर्दै आएकी छिन् ।
अपहरणमा परेकी दीप्तिलाई अपहरणकारीले दुई दिनसम्म करमा घुमाएका थिए । उनलाई अपहरणकारीले के के गरे त्यो भने खुलाइएको छैन । उनको स्वास्थ्य परीक्षण गरेर अनुसन्धन अगाडि बढाउन प्रहरीले चाहे पनि दीप्तिको असहयोगले सो कार्य पूरा हुन सकेको छैन ।
अपहरणका बेला युवकहरूले दीप्तिलाई सामूहिक बलत्कार गरेको हुन सक्ने आशंका गरिएको छ । तर दीप्तिले यस विषयमा स्पष्ट केही बताएकी छैनन् । न उनले मेडिकल गर्न मानेकी छिन् । यसले गर्दा उनको अपहरणको विषय रहस्यमयी बनेको छ । भारतीय सञ्चारमाध्यमले पनि महत्वका साथ समाचार दिइरिहेका छन् ।
गाजियाबादका एसपी सिटी सलमान ताज पाटिलका अनुसार दीप्ति बुधबार राति ८ बजे वैशाली मेट्रो स्टेशनमा आएर बसेकी थिइन् । सोही बेला उनको अपहरण भएको थियो । उनी अटोमा बसिन् । त्यस अटोमा दुई युवती पनि रहेका थिए । अगाडिको सिटमा ड्रइभरसँग दुई जना केटा पनि रहेको एसपी पाटिलले बताएका छन् ।
अटो विग्रिएपछि अर्को गाडीमा उनीहरू बसे । केही समयलगत्तै दुई जना युवकले चक्कु देखाएर दुई युवतीलाई र ड्राइभरलाई गाडीबाट झारेको जनाइएको छ ।
ती अपहरणकारीले दीप्तिलाई रातभरि गाडीबाट घुमाउनुका साथै उखुवारीमा समेत लगेका थिए । त्यसपछि ती अपहरणकारीले एक सय रुपियाँ दिएर दीप्तिलाई बिहान पाँच बचे हरियाणाको पानीपतको एक रेलवे स्टेशनमा छोडेका थिए ।
त्यसपछि दीप्ति सोही स्टेशनबाट एक ट्रेनमार्फत दिल्ली आएकी हुन् । ट्रेनमा एक जना व्यक्तिसँग मोबाइल फोन मागेर उनले पानीपतबाट आफ्ना बाबुलाई फोन गरेको समचारमा उल्लेख छ ।
