यी महिलाले आफ्नै श्रीमानको हत्या गराएर उनको मासु घरको पाल्तु कुकुरलाई खुवाएकी छिन् । यो सनसनीपूर्ण घटना स्पेनको मेजार्का आइल्याण्डको हो ।
आफ्नै श्रीमान हत्या गराएर कुकुरलाई खुवाउने ४६ वर्षीया महिला स्वेतलाना बुतकोवालाई प्रहरीले गिरफ्तार गरेको छ । उनी रुसमा बस्दै आएकी थिइन् । ६६ वर्षीय श्रीमान हैन्स हेन्कल्सको हत्या मामिलामा स्वेतलानालाई अदालतमा पेस गरिएको छ । यो जोडी काला मिलर इलाकामा एक रिजार्टमा बस्दथे । हैन्सको हत्याका लागि स्वेतलानाले ३८ लाख रुपैयाँको सुपारी दिएकी थिइन् ।
स्वेतलाना रुसको तेस्रो ठूलो सहर नोवोसिबिरिस्कमा बस्ने महिला हुन् । रिपोर्ट अनुसार स्वेतलानाले हैन्सको हत्यापछि उनको मासुलाई पाल्तु कुकुरलाई खुवाएकी छिन् । आफ्नो फेसबुक पेजमा उनी धेरै फोटोमा आफ्नो पाल्तु बुल टेरियर नामको कुकुरसँग देखिन्थिन ।
समाचार अनुसार हत्या हुनु अगाडि यो जोडीबीच झगडा भएको थियो । यो जोडीले दुई वर्ष सँगै बसिसकेपछि यसैवर्षको जनवरीमा विहे गरेका थिए ।
