यस्तै मध्येको एक अनौठो परम्परा भारतको छत्तिसगढमा फेला परेको छ । यहाँको आदिवासी समाजमा भाई र बहिनीबीच नै विवाह हुने परम्परा फेला परेको हो । यो वर्षाैदेखि चल्दै आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो बिहे छत्तीसगढको धुरवा आदिवासी समाजमा परम्परा धान्नका लागी सदिऔँदेखि चल्दै आएको छ । जहाँका भाई बहिनी बेहुला बेहुलीमात्रै बन्दैनन् उनीहरुले आगोलाई साक्षी नराखी पानीलाई साक्षी राखेर बिहे गर्छन् ।
यो समाजमा बहिनीकी छोरीसँग मामाको छोरा अर्थात मामा फुपुछोराको बिहे गरिन्छ । यदी यो बिहे कसैले अस्विकार गरेको खण्डमा उसलाई कारवाही र जरिवाना समेत गरिन्छ ।
त्यति मात्रै हैन यो विहे उनीहरुले बुझ्नै नसक्ने समयमा गराइदिइन्छ । बाल बिहेको भने बेलाबेलामा विरोध हुँदै आएको छ ।
