Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

कसरी लाग्छ डर ?
डर–चिन्ता र खुसी वा आनन्दबारे बुझ्न हामीले हाम्रो मस्तिष्कले कसरी काम गर्छ भनेर बुझ्नुपर्ने हुन्छ । मान्छेसँग जुन मस्तिष्क छ, त्यसका चार भाग छन्– टेम्पोरल लोब, पारिअटल लोब, अक्सिपिटल लोब, फ्रन्टल लोब । त्यसमा सबैभन्दा पछि विकास भएको हो, फ्रन्टल लोब । अर्थात् मस्तिष्कको अगाडिको भाग । यदि यो फ्रन्टल लोब विकास नभएको भए हामी पशुजस्तै हुन्थ्यौँ । सोच्न सक्दैनथ्यौँ । बुद्धि, विवेक पुर्याउन सक्दैनथ्यौँ । हामी पशुभन्दा भिन्न हुनुको श्रेय फ्रन्टल लोबलाई नै जान्छ ।

यसमा पनि दायाँ र बायाँ भाग छन् । दायाँ मस्तिष्क फिलिङ्स ओरियन्टेड अर्थात् भावना, अनुभूति, उत्तेजना प्रधान हुन्छ । यो मस्तिष्क सक्रिय भयो भने हामीमा भावना, उत्तेजना, अनुभूति बढ्न थाल्छ । कुनै डरलाग्दो घटनाको छाप यही मस्तिष्कमा बस्छ । जस्तो, भुइँचालो गइसकेपछिको डर–त्रास पनि यही मस्तिष्कमा गढेर बसेको हुन्छ । डर, त्रासजस्तो नकारात्मक भावना हामीमा आउनुको पछाडि दायाँ मस्तिष्क जागेको हुन्छ ।

यस्तै, बायाँ मस्तिष्क लजिकल अर्थात् तार्किक हुन्छ । यसले अवेरनेसलाई जनाउँछ । जब मान्छे निर्भय हुन्छ, तार्किक हुन्छ, कुनै त्रासमा हुँदैन, सामान्य हुन्छ, त्यतिबेला बायाँ मस्तिष्क चलिरहेको हुन्छ । यदि दायाँ मस्तिष्क क्रियाशील भयो भने हामीमा डर, त्रासको मनस्थिति हुन्छ । र, बायाँ मस्तिष्क क्रियाशील भएमा हामी निर्भय अर्थात् सामान्य हुन्छौँ । बे्रनलाई स्क्यानिङ गर्ने मेसिन लगाएर हेर्ने हो भने डराएको बेला दायाँ मस्तिष्क क्रियाशील भएको पाउन सकिन्छ ।

डर–त्रास विभिन्न घटना, सूचनाका कारण आउन सक्छ । त्यसको प्रभाव खासगरी बच्चाहरूमा बढी पाउन सकिन्छ । किनकि, सामान्यतः बालबालिकामा भावना बढी र बुद्धि कम क्रियाशील हुन्छ । यस्तो बेलाको प्रमुख चुनौती के हो भने, बालबालिकासँगै आममानिसलाई दायाँ मस्तिष्कबाट बायाँ मस्तिष्कमा कसरी ल्याउने ? सोच्ने, विचार गर्ने तार्किक मस्तिष्कलाई कसरी क्रियाशील बनाउने भन्ने नै हो ।
यसका लागि केही व्यवस्थापनका कुरा छन् । यसमा खासगरी यौगिक व्यवस्थापन सहज र सुलभ छ भनौँ ।

डर लाग्दा अपनाउने सामान्य विधि
हाम्रो नाकका दुई प्वाल, जसबाट अन्य कुरा यथावत रहेमा सास लिने र छोड्ने कार्य भइरहेकै हुन्छ । हामी धेरैले ख्याल नगरेको कुरा यो हो, हामीले दुवै नाकबाट बराबर सास लिइरहेका वा छोडिरहेका हुँदैनौँ । दायाँ र बायाँ नाकमध्ये कुनै एउटा बढी क्रियाशील भइरहेको हुन्छ । केही जोडले सास लिने र छोड्ने गर्यौँ भने हामीले थाहा पाउँछौँ, कुनै एउटा नाक बढी सक्रिय भइरहेको हुन्छ । यहाँनेर भन्न खोजेको यो हो, दायाँ नाक बढी सक्रिय छ भने हाम्रो बायाँ मस्तिष्क सक्रिय हुन्छ । र, बायाँ नाक बढी क्रियाशील छ भने दायाँ मस्तिष्क क्रियाशील हुन्छ । जब तपाईंलाई डर लाग्छ, नाकलाई चेक गर्नुस् ।

मान्छेलाई डर किन लाग्छ, कसरी भगाउने ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...