१. शरीरमा रहेका अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । मिर्गौलाका माध्यमबाट शरीरमा रहेका विकार बाहिर निकाल्ने काम पिसाबले गर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायु प्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक–दुई मिनेटभित्रै हामीले पिसाब फेर्नु राम्रो हुन्छ ।
२. एउटा स्वस्थ मानिसको शरीरमा एक दिनमा डेढ लिटरदेखि दुई लिटरसम्म पिसाब बन्छ । तर, पानी कम या धेरै पिउनेहरूमा पिसाब बन्ने परिमाण केही तल–माथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता दुई सयदेखि तीन सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सामान्यतया एउटा मानिसले दिनमा पाँचपटक पिसाब फेर्नु राम्रो हुन्छ । एक–दुईपटक तल–माथि हुनु सामान्य मानिन्छ, तर धेरै नै फरक परेमा केही समस्या हुनसक्छ ।
३. पिसाब कम आउनुको मुख्य कारण भनेको कम मात्रामा पानीको सेवन गर्नु हुनसक्छ । पानी कम पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै, लामो समयसम्म पिसाब रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुनसक्छ । त्यस्तो वेला पिसाब पोल्छ ।
४. सामान्यतया पिसाबको रङ हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म
