Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ ।
विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट विनियोजन गर्न माग गर्नुभयो । काँग्रेसकै ज्ञानुकुमारी छन्त्यालले वर्षात्सँगै बागलुङमा भएको बाढीपहिरोका घटनाको तथ्याङ्क प्रस्तुत गर्दै पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एमाले)का केशवप्रसाद बडालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई सुझाव दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का छमबहादुर गुरुङले प्राकृतिक प्रकोपका घटना झेलिरहेको गोरखालाई पछिल्लो पटक फिस्टेल हेलिकोप्टर दुर्घटनाले थप पीडामा पारेको बताउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो । सोही दलका कमला दोङले अन्तरजातीय विवाहको घटनामा काभ्रेपलाञ्चोकमा अजित ढकालको हत्या भएकाले दोषीलाई कारबाहीका लागि माग गर्नुभयो ।
तराई– मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले यातायात व्यवस्था कार्यालयका शाखा सबै जिल्लामा पु¥याउन तथा खेत जोत्ने ट्र्याक्टरको नवीकरण बापतको राजस्वको शुल्क घटाउन र नवीकरण गर्ने समयावधि बढाउन माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राजनीतिक दलका नेताले मेडिकल अस्पताल सञ्चालन गरेको र सामान्य बिरामीलाई पनि सघन उपचार कक्षमा राखेर अनावश्यकरुपमा पैसा असुल्ने काम गर्ने काम भएकाले त्यसलाई रोक्न माग गर्नुभयो ।
यसअघि आजको शून्य समयमा रामअयोध्याप्रसाद यादव, रामअवतार पासवान र रामहरि खतिवडाले वर्षायामसँगै तराईमा भएको डुबान, सिँचाइ समस्या तथा राहादानी शुल्कमा भएको विभेदका घटनाबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी भदौ १ गते बिहान ११ बजे बस्ने छ ।

भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन सांसदहरुको माग

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...