Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

दर्ता भएर पनि सञ्चालनमा नआएका २७ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले बन्द गराउने भएको छ ।

कागजी रुपमा सञ्चालनमा देखिएपनि वास्तविक रुपमा सञ्चालन नभएका विद्यालयलाई बन्द गराउन लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले भने, ‘कार्यालयले अनुसन्धान गर्दा अनुमति लिएर पनि सञ्चालनमा नआएकामा प्रावि, निमावि र मावि तीनै तहका विद्यालय छन्।’

पहिले अनुमति लिएका सञ्चालकले पछि कुनै दिन सञ्चालन गर्ने वा बेच्ने उद्देश्यले विद्यालय ‘होल्ड’गरिरहेका हुन् । कार्यालयले गत मङ्सिरबाट स्रोत व्यक्ति परिचालन गरेर अनुगमन सुरु गरेको थियो।

शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई गत असारभित्रै विद्यार्थी सङ्ख्या शून्य भएका विद्यालय बन्द गराउन निर्देशन दिएको थियो। कारबाहीको सिफारिसमा परेका २७ विद्यालयमध्ये सात वटाले नियमित रुपमा सञ्चालनमा रहेको दाबी गरेका छन् ।

‘सरोकारवालासँगको छलफलपछि आगामी भदौ १ गते ती विद्यालयको नाम सार्वजनिक हुनेछ”– उनले भन्नुभयो, ‘प्याब्सन, एनप्याब्सनलगायत सरोकारवालासँग अझै एक चरण छलफल हुनेछ।

विद्यालयले नियमित रुपमा विवरण बुझाए/नबुझाएको, कर चुक्ता भए/नभएको, व्यवस्थापन समितिको गठन भए/नभएको, जिल्लास्तरीय वा प्रवेशिका परीक्षामा सहभागी भए/नभएको हेरेर त्यसका आधारमा विद्यालय सञ्चालन भएको वा नभएको भन्ने पत्ता लगाइएको कार्यालयले जनाएको छ ।

ललितपुरमा २७ निजी विद्यालय बन्द गरिने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...