Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Thursday, August 11, 2016

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो आवमा रु ५२ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक टक्कर स्वाँरले नाकाबन्दीका कारण यस वर्ष राजस्व असुलीमा गिरावट आएको बताउनुभयो ।
ट्राफिक नियमको पालना नगर्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउनेलगायतका कारणले विभिन्न सवारीसाधनमाथि कारबाही गरिएको उहाँको भनाइ छ । गत आवमा ३५६ वटा बस, ९६७ ट्रक, एक हजार २४६ जिप-कार, दुई हजार ४०६ ट्याक्टर, सात हजार ४२४ मोटरसाइकल र अन्य ४२ वटा गरी कुल १२ हजार ४४१ वटा सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रमुख स्वाँरले जानकारी दिनुभयो ।
ट्राफिक नियमको पालना गरे दुर्घटना पनि कम हुने बताउँदै उहाँले त्यसतर्फ सवारीचालक र सवारी धनी सजग हुनुपर्नेमा जोड दिनुभयो । गत आवमा कञ्चनपुरमा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक कारबाहीबाट झण्डै चालीस लाख राजस्व

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...