Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Thursday, August 11, 2016

ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भर्खरै सम्पन्न १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।
सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।
आर्चरीमा मोक्तान पराजित
Jit-moktan
यसैबीच आज साँझ भएको आर्चरी (धनुकाँड) खेलमा नेपालका जितबहादुर मोक्तान पराजित भएका छन् ।
सत्तरी मिटरको आर्चरीको व्यक्तिगत प्रतिस्पर्धाको ‘राउण्ड अफ ६४’ मा मकवानपुरका ३६ वर्षीय मोक्तान भारतका अतुन दाससँग पराजित हुँदैै प्रतियोगिताबाट बाहिरिए । मोक्तान सबै छ सेटमा नै पराजित हुन पुगे ।
यसअघि शनिबार भएको खेलमा मोक्तान ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए । त्यस्तै भारतका अतानु यसअघिको खेलमा ६८३ स्कोर जोड्दै पाँचौँ स्थानमा थिए ।
गत वर्ष थाइल्याण्डको राजधानी बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण उनलाई अन्तर्राष्ट्रिय आर्चरी महासङ्घले ओलम्पिक खेल्न ‘वाइल्ड कार्ड’ दिएको थियो ।
यस्तै जुडोमा सागको स्वर्ण विजेता फुपू ल्यामु खत्री क्युबाकी मारिसेट स्पिनोजासँग पराजित भए पनि ओलम्पिकमा सबैभन्दा धेरै समय टिक्ने खेलाडी बनिन् । तर फुपुले ओलम्पिकमा पुरै समय खेले पनि सागको प्रदर्शन दोहोर्याउन सकिनन् । यसअघि उनीकै प्रशिक्षक देबु थापा एक मिनेट ३० सेकेण्डसम्म टिकेकी थिइन् । खत्रीले त्यो सुधार समय गर्दै चार मिनेटसम्म क्युवाकी खेलाडीसँग टिक्न सकिन् ।
यसअघि जुडोका तीन खेलाडी गङ्गाबहादुर डङ्गोल, ऋषिराम प्रधान र देबु थापाले ओलम्पिकमा सहभागी जनाएका थिए ।

रियो ओलम्पिकः शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान, आर्चरीमा मोक्तान पराजित

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...