थारुहट तराई पार्टी नेपालका नेता तथा सांसद गोपाल दहितले बुधबार संसद भवन नयाँ बानेश्वरमा सबैका राजनीतिक दलका नेता सामु यसरी उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालयको माग गरेपछि उनी हाँसोको पात्र बनेका हुन् । उपेन्द्र यादवको पछि लागेर संघीय गठबन्धनको नाममा आन्दोलन गर्दै आएका गोपाल दहितले आफ्नो औकात भुलेर उपप्रधानमन्त्री माग गरेकोमा सबै चकित परेका हुन् ।
Xby TurboMac
विशेष गरेर माओवादी केन्द्र र कांग्रेसका नेताहरू गोपाल दहितको मागका विषयमा आश्चर्य चकित परेका थिए । राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन व्यवस्थाका बेला सहायकमन्त्री बनेर राजसंस्थाको गुणगान गाउँदै हिँडेका गोपाल दहितले उपप्रधानमन्त्री पद माग्नु ठूलो कुरा होइन । तर उनले आफ्नो दलको हैसियत भुलेकोमा सबै चकित परेका थिए । गोपाल दहितले आफ्नो हैसियत भुलेकोमा माओवादी केन्द्र र कांग्रेसका नेताहरूले ‘यो कति सिटे पार्टीको नेता हो’ भनेर मुखामुख गरेका थिए ।
गोपाल दहितको पार्टीमा गोपाल र गंगा चौधरी दुई जना मात्रै सांसद भएको पार्टी हो । टीकापुर घटनापछि मधेस केन्द्रित दलको पछि लागेर गोपाल दहितले आन्दोलन गर्दै आएका छन् । उनी थारुहरूको हकहितमा भन्दा पनि थारुका नाममा मधेसीको पक्षपोषण गर्दै आएका छन् ।
आउँदा दिनमा गोपाल दहितको पार्टीको हैसियत कता पुग्ने हो स्वयं उनलाई थाहा छैन । थारुको नाममा आन्दोलन गर्दै आएका गोपाल दाहितका गतिविधि संकास्पद रहेको स्वयं गंगा चौधरीले आफू निकटका नेताहरूसँग बताउने गरेकी छिन् । गंगा चौधरीले पनि गोपाल दहितलाई मन पराउँदिनन् । ‘यो गोपाल चौधरी थारु आन्दोलनको नाममा राजा ज्ञानेन्द्रको गुणगान गाउँदै हिँड्ने गर्छ’, गंगा चौधरीले आफू निकटका साथीहरूसँग भनेको उदृत गर्दै स्रोतले भन्यो, ‘गोपाल दहितले आजकाल मधेसी मोर्चाको पछि लागेर आफ्नो हैसियत भुलेको छ ।’
