Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

विराटनगर । ड्युटीमा खटिएका भारतीय सुरक्षाकर्मी पोसाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मीले पोसाक र हतियारसहित अर्को देशमा प्रवेश गर्न नपाउने नियमको पालना गर्न गराउन बिनाकाम पोसाकसहितका सुरक्षाकर्मी आउजाउमा कडाइ गरिएको हो ।


 अन्जानमा पोसाकसहित आउने भारतीय सुरक्षाकर्मीलाई सम्झाई बुझाई गरेर फिर्ता पठाइने उनले बताए । जानीजानी आउनेहरूलाई भने नियन्त्रणमा लिएर भारतीय उच्च सुरक्षा अधिकारीको जिम्मा लगाउँछौं, उनले भने, नेपाली सुरक्षाकर्मीलाई पनि पोसाकसहित भारततर्फ नजान निर्देशन दिइएको छ ।

नेपाल र भारतबीच हुने गरेका सुरक्षा सम्बन्धी बैठकमा पोसाकसहितका सुरक्षाकर्मी बिनाअनुमति छिर्ने गरेको विषय पटकपटक उठ्ने गरेको छ । पछिल्लो समय भएको दुई देशीय सुरक्षा अधिकारीबीचको बैठकमा भने सादा पोसाकमा मात्र आउजाउ गर्न दिने निर्णय भएको एक अधिकारीले बताए ।

भारतीय सुरक्षाकर्मी नेपाल आएजस्तो नेपाली सुरक्षाकर्मी पोसाकसहित भारत जाँदैनन्, एक नेपाली सुरक्षा अधिकारीले भने, जानै पर्ने अवस्था आयो भने अनुमति लिएर मात्र जाने गरेका छन् । उनका अनुसार सादा पोसाकमा आउजाउ गर्न भने नियम बाधक छैन ।
केही काम परेमा नेपाली सुरक्षाकर्मी सादा पोसाकमा भारततर्फ जाने गरेका छन् । हामी सुरक्षाकर्मीको पोसाक लगाएर जाँदै जाँदैनौं, उनले भने । भारतका विशिष्ट व्यक्तिहरू नेपाल प्रवेश गर्नु पर्ने भएमा उनका अंगरक्षकले समेत हतियार र पोसाक उतै बिसाउनु पर्ने हुन्छ ।

नेपाली भूमिमा मनलाग्दी गर्न थालेपछि नेपाल छिर्ने भारतीय सुरक्षाकर्मीमाथि निगरानी बढाइयो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...