Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

डिसीनेपाल डटकम – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी ओली नेतृत्वको नौ महिने सरकारमा गरिबी निवारण तथा स्थानीय विकाश मन्त्री बने । अहिले सत्ताबाट बाहिरिसकेका केसी पुरानै दुनियामा फर्किएका छन् । खरो र यथार्थ अभिव्यक्ति दिने अनि सामान्य जीवान यापन गर्ने चित्रबहादुर केसीको नागरिक दैनिकमा छापिएको अन्तर्वार्ताको केही अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँ बस्ने कोठा त साँघुरो रहेछ त ?

अलि साँघुरै छ। जब बालुवाटारबाट सपथ लिएर यता (घट्टेकुलो)मा आएँ, यहाँ त धेरै भिड भइसकेछ। बाहिर पनि उत्तिकै, भित्र पनि उत्तिकै भीड भएपछि म त आत्तिएँ। त्यसपछि कुपोन्डोलतिर भाग्नु परिहाल्यो। जाने बेला घरबेटीलाई भनेँ, ‘यो घर मैले छाडेको छैन है, फेरि आउँछु।’ अहिले यतै आएँ।

नियुक्ति हुने बेलामा घरभरि मान्छे थिए, छाडेपछि आए कि आएनन् तर ?

छाडेर आएपछि अस्ति यो टोलका सबैसँग फेरि भेट भयो। सबैसँग पुरानै शैलीमा बोलीचाली भयो, उही सौहार्द्धपूर्ण भेटघाट भयो तर सत्तामा हुँदाभन्दा बाहिर रहँदा जनता बढी खुसी हुने रहेछन्। यो अनुभव गरेँ मैले।

किन यस्तो भएको रहेछ ?

सत्ता गएपछि लुट्न नै गएको भन्ने जनताको अनुभूति हुने रहेछ। गएकाको पनि उद्देश्य लुट्ने भन्ने नै हुने रहेछ। जनता र राष्ट्रको चिन्ताभन्दा पनि आफ्नो चिन्ता, आफ्नो परिवारको चिन्ता, आफ्ना नातेदारको चिन्ता, आफ्नो निर्वाचन क्षेत्रको चिन्ता देखाउँदा रहेछन्। देशका मन्त्री नै नहुने रहेछन्। सबैजसो त परिवारको, निर्वाचनको क्षेत्रको, जिल्लाको मन्त्री पो हुने रहेछन् !

भनेपछि त भित्र मन्त्री भएर बस्दाभन्दा बाहिर रहँदा बढी फाइदा  हुने रहेछ ?

हिजो भक्तपुर गएको थिएँ। बसमा आउँदा–जाँदा नै त्यहीँ सभाजस्तै भयो। जनतासँग प्रत्यक्ष कुराकानी गर्न पाइयो।  मन्त्री हुँदा त मलाई सेनाले घेर्ने, प्रहरीले घेर्ने, अलिकति केही खुकुलो हौ न त भनौँ भने सुरक्षाको कुरा आउँछ भन्ने हुनाले आफूलाई बन्धनमा परेजस्तो महसुस हुन्थ्यो।

मन्त्री हुँदा कस्ता–कस्ता दबाब आए, आउँदा रहेछन् ?

सुरुमा सुरुमा सकेसम्म बढी से बढी काम लिन खोज्ने भनेर आए। कतिसम्म भने नहुने काम पनि गराउन खोजे। यो सबैभन्दा बढी समस्या देखेँ मैले। राजदूत हुन म योग्य छु भनेर प्रमाणपत्र पनि लिएर आए तर म त राजदूत बनाउन सक्दिनँ, त्यसमा ल्याकत पनि छैन भनेर पन्छाए। प्रमाणपत्र हेरेर यहाँ कसले राजदूत बनाउँछ, भागबन्डामा हुन्छ। आउनु भयो, आफ्नो कुरा राख्नु भयो भनेर पठाए।

तपाईंले चाहिँ आफ्ना पार्टीका मान्छेमध्ये मन्त्रालयमा कतिलाई नियुक्त गर्नुभयो त ?

जम्मा दुई जना साथीलाई सल्लाहकार राखेँ, एक जना सांसद हुँदाकै स्वकीय सचिव थिए। एक जना कम्प्युटर अपरेटर राखेँ र अर्का नाताले छोरी पर्नेलाई राख्न खोजेँ तर योग्यता पुगेन, राख्न सकिएन। बाबु मन्त्री छ, छोरीले आशा स्वाभाविक गर्छे नै, गरी तर मिलेन। सबैभन्दा बढी समस्या चाहिँ के देखेँ भने आफ्नो मान्छे भएपछि कुनै पनि काम गरेन भनेर चित्त दुखाइदिने रहेछन्। यो दुर्गुण सत्तामा पुगेपछि देखेँ।

मन्त्रालयमा नहुने काम गराउन लाग्नेको भीड नै हुन्छ भनिन्छ, त्यस्तो पाउनु भयो ?

असाध्यै। नहुने काम पनि गराउने खोज्ने त नेपालको संस्कृति जस्तो लाग्यो। नमिल्ने र नहुने काम त मैले गर्दै गरिनँ, गर्न नै मानिनँ।
सरकारमा किन जानु भयो तपाईं ?

हामीले हाम्रो देशको संविधान हामी आफैँले जारी गर्न नपाउने तर एमाले, कांग्रेस, माओवादीहरुले आफ्नै बुताले संविधान जारी गर्ने जुन आँट गरे, त्यो निकै ऐतिहासिक थियो। यसलाई रोक्न धेरै प्रयत्न भए तर सकेनन्। फेरि संविधान कार्यान्वयन गर्न महाभारत छ भनेर हामीले चाल पाइसकेका थियौं। संविधानमा धेरै विमति रहे पनि खासगरी संघीयतामा पुरै विमति रहँदा पनि संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भनेर हामी पुरै लाग्यौँ, त्यसमा अवरोध गरेनौं।

किन ?

संघीयता आउँछ भने पनि संविधानसभाबाट संविधान ल्याउन रोक्नु हुँदैन, आखिर त्यो भोलि खारेज नै हुने हो किनभने त्यो नेपाली जनताका लागि व्यवहारिक छैन तर गणतान्त्रिक संविधान आउनु पर्छ भनेर लागेका हौँ। संविधान कार्यान्वयन गर्ने कुरा झन् महाभारत छ, त्यसैले यसलाई कार्यान्वयनमा लैजानका लागि सरकारमा आउन प्रस्ताव आयो। त्यसपछि पार्टीले नै संविधान कार्यान्वयन गर्नका लागि सरकारमा जाने निर्णय गर्दै मेरो नाम पठाएको हो।

संघीयता कार्यान्वयन हुनुहुन्न भन्नेमा तपाईंहरु अझै हुनुहुन्छ हैन ?

हुन्न, कसरी हुन्छ ? त्यो त समयले बताउँदै जाला। संघीयता माग्नेहरुले नै यसलाई कार्यान्वयन हुन दिँदैनन्। अहिले पनि नानाथरी भाँजो हालेर संविधानलाई खारेज गर्ने, गणतन्त्रलाई खारेज गर्ने, धर्मनिरपेक्षतालाई खारेज गर्ने गतिविधि भइरहेको छ, त्यसैले गार्‍हो छ। तर, हाम्रो सरकारले संविधान कार्यान्वयन नै गर्न चाहेन भन्ने कुरा सरासर गलत हो।

विदेशी चलखेल तीव्र छ मुलुकमा ?

त्यो खुल्लमखुल्ला छ। यसरी विदेशी चलखेल हुनुमा राजनीतिक पार्टी र तीनका नेता बढी दोषी छन्। राजनीति गर्ने भनेको देशको स्वाधीनताका लागि, अखण्डताका लागि, जनताको हितको सौदाबाजी गरेर होइन, त्यसको रक्षाका लागि कटिबद्ध भन्ने भावना नै पैदा हुन सकेन। यो दुःख कुरा हो।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=228387#sthash.0RPMrQLT.dpuf

नेपालका नेताहरुको उद्धेश्य नै सत्तामा गएर ब्रह्मलुट गर्ने भन्ने रहेछ - चित्रबहादुर केसी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...