Rajendra chhetriक्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’मै केरमेट गरी एक वर्ष उमेर सच्चाएका हुन् (हेर्नुस् तस्बिर १) । जसमा १ मंसिर २०१६ लाई केरेर १ मंसिर २०१७ बनाएको देख्न सकिन्छ। क्षत्रीको उमेर सच्याइएको व्यहोरा ‘मार्क रजिस्टर’ को माथिल्लो भागमा पनि उल्लेख छ (हेर्नुस तस्बिर २) ।
परीक्षा नियन्त्रक कार्यालयबाट ०९ साउन २०७३ मा हामीले ल्याएको मार्कसिट र प्रमाणपत्रको सक्कल प्रतिलिपीअनुसार क्षत्रीले शान्ति विद्या गृह, काठमाडौंबाट तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् (हेर्नुस् तस्बिर ३ र ४) । क्षत्रीको सिम्बोल नम्बर १४०५६ ‘पी’ छ । सच्याइएको उमेरलाई आधार मान्ने हो भने क्षत्रीले १५ वर्ष नपुग्दै एसएलसी उत्तीर्ण गरेको देखिन्छ ।
