मंगलबार खेतमा घाँस काट्न गएकी किशोरीलाई छतौना टोलका १८ वर्षीय राजेश महराले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेको आरोप लगाइएको छ । मंगलबार अबेरसम्म घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास गर्दा भोलिपल्ट बुधबार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात–खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी स्थानीयले बताएकी छिन् ।
आरोपी महराले हात–खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको पीडित किशोरीले बताइएकी छिन् । आरोपी महराको खोजी भइरहेको र बलात्कृत किशोरीको जिल्ला अस्पतालमा गौरमा स्वास्थ्य परिक्षण गराउने र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
