जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गोरखा जिल्ला पन्द्रुङ देउराली बस्ने वर्ष ४५ का सीताराम परियार रहेका छन् ।
जिल्लाको बन्दीपुर नगरपालिका-१ डुम्रे बजारमा परियार मृत भेटिएपछि मृतकको शव राति नै दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।
मृतकको शरीरमा कुनै पनि चोट लागेको नदेखिए पनि मृत्युको कारणबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अहिलेसम्म मृतकका नातेदार कोही पनि सम्पर्कमा समेत नआएको उनले बताए।
