ज्योतिष डा सुनील सिटौलाले व्यवस्थापिका संसदले प्रधानमन्त्री चुनावको कार्यक्रम प्रकाशित गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत खतराको संकेत देखिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘ भोली प्रधानमन्त्रीले उम्मेदवारी दर्ता गर्ने भएछन् । त्यो पनि मंगलवार, औशीको दिन । खै के के ! अरु केही होइन काटमार, खुन खराबा निम्त्याउने खेल मात्र हो ।’
यसअघि पनी गलत समयकै कारण मध्यराति संसदमा कुर्सी तोडफोड भएको घटना स्मरण गर्दै उनले भने– ‘अहिले पनी त्यस्तो घटना दोहोरिन सक्छ ।’
संसदको निर्वाचन कार्यक्रमअनुसार दलहरुले भोलि दिनभरी उम्मेदवारी दर्ता गर्ने र पर्सी ११ बजे प्रधानमन्त्री पदका लागि मतदान हुनेछ ।
प्रधानमन्त्री पदका लागि कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्डले उम्मेदवारी दिनेछन । र एमालेबाट सुवास नेम्वाङको नाम चर्चामा छ ।
