८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।
असपतालमा कुनै बिरामी होस वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको
