Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

डिसीनेपाल डटकम – छानविनको दायरामा रहेका नक्कली डाक्टरको आरोपी चिकित्सकहरुलाई बिरामी चेकजाँच गर्न नदिन प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा। सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी छानविनको दायरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोग लागेका चिकित्सकहरु अहिले पनि छानविनमा रहेका छन् । ती डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न प्रचण्डले निर्देशन दिएको सचिवालय सदस्य प्रकाश दाहालले जानकारी दिए ।

‘नक्कली भनिएका डाक्टरहरु हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न सक्रिय भएको खबर बाहिरीएको थियो । ती डाक्टरहरुलाई तत्काल मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नको लागि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सचिव उप्रेतीलाई निर्देशन दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत गत असारमा पक्राउ गरेका ३७ चिकित्सकलाई मेडिकल काउन्सिलले अझै पनि निलम्बन गरेको छैन । -

’नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन र तत्काल मेडिकल काउन्सिलबाट निलम्वन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...