म प्रेमसम्बन्धमा गाँसिएको तीन वर्षजति भयो। हालसालै आएर हामीबीच कन्डम नलगाई यौनसम्पर्क भयो। यौनसम्पर्कपछि मैले चक्की खाएँ, तर मेरो मिन्सको डेट कटेको तीन दिन भयो। कतै त्यो औषधीको कुनै प्रभाव नपरेको त होइन ? कतै त्यसले पछि नेगेटिभ प्रभाव पार्ने त होइनन्।
यो त लास्ट टाइमको कुरा हो। यसभन्दा पहिले पनि तीन पटक यौनसम्पर्क भएको थियो, तर एकपटक उसले कन्डम प्रयोग गरेको थियो भने दुई पटकसम्म मैले पिल्स औषधी लिएकी थिएँ।मिन्स डेट कटेको त थियो, तर लास्ट टाइम पिल्स लिएको १५ मिनेटभित्रै यौनसम्पर्क भयो।उसको वीर्य भित्रै खसेको थियो। कतै त्यो औषधीले कुनै प्रभाव नगर्ने त होइन ? अहिलेलाई काम गरे पनि भविष्यमा बाँझोपन हुने त होइन ?
प्रेमसम्बन्ध र आकर्षण
किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो, राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) को प्रभावका कारण शारीरिक मात्र नभै विपरीतलिङ्गीप्रति आकषिर्त हुनु, यौनभावनाको विकास हुनु, विपरीतलिङ्गीको समीप बस्न वा स्पर्श चाहनुजस्ता भावनात्मक -मानसिक) परिवर्तन पनि हुन्छन्। यो मानव विकाससम्बन्धी प्राकृतिक कुरा हो र मानवको वंशजको निरन्तरताका यसको लागि आवश्यकता पनि छ। किशोरावस्थ्ाामा विपरीतलिङ्गी व्यक्तिप्रति हुने आकर्षण जैविक स्थिति हो र यो अवस्थामा यस्ता आकर्षण बारम्बार पैदा हुन्छन्, तर यहाँनेर एउटा कुरा सोच्नु आवश्यक छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह -ष्लाबतगबतष्यल)लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ।
प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र सम्बन्धित व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ।
विवाहपूर्व यौनसम्पर्क
तपाईंहरूबीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ, तर सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन्। त्यसैले जोसमा होस गुमाउनु हुँदैन भनिएको हो। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। कतिपय स्थितिमा सम्बन्धको स्थायित्वको प्रश्न पनि हुन्छ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या त भोग्नुपर्ने स्थिति आउँछन् नै। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ भने अर्कातिर सम्बन्ध कति अन्तरङ्ग हुन दिने वा रोक्न उचित हुन्छ भन्ने कुरा विवेकपूर्ण रूपमा ठम्याउन पनि सकिँदैन। कतिपय स्थितिमा रोक्नुपर्छ भन्ने ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। सम्बन्धलाई अघि बढाई यौनसम्पर्क राख्ने कि नराख्ने भनेर सही निर्णय लिन सक्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक थिएन भने यौनसम्पर्क नै नगर्ने भन्ने निर्णय पनि लिन सक्नुपर्छ। तपाईंले प्रेमी त भन्नुभएको छ तर कतिपय स्थितिमा सम्बन्ध कति ‘प्रेममय’ थियो, ठम्याउन गाह्रो हुन्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा पर्ने सम्भावना हुन्छ।
गर्भनिरोध किन आवश्यक ?
यदि सक्नुहुन्छ भने अब यौनसम्पर्कको क्रमलाई रोकेर विवाहपछि मात्र यौनसम्पर्क राख्नु राम्रो हुन्छ, तर यौनसम्पर्क राख्न सुरु गरिसकेकाले त्यसलाई रोक्न गाह्रो हुनसक्छ। तपाईंलाइ रोक्न सक्दिनँ जस्तो लाग्छ भने यसलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा विचार पुर्याउनु आवश्यक हुन्छ। त्यसैले कुनै प्रभावकारी गर्भनिरोधको साधन प्रयोग गरे अनिच्छित गर्भबाट बच्न सकिन्छ। अनिच्छित गर्भबाट बच्नु भनेको प्रजनन स्वास्थ्यका कारणले मात्र होइन, तपाईंको अध्ययन अनि वृत्तिविकासका लागि पनि त्यति नै महत्त्वपूर्ण छ। कन्डम गर्भनिरोध तथा यौनरोगवाट बच्ने भरपर्दो उपाय हो भन्ने कुरा त तपाईंहरूले बुझ्नुभएकै होला।
औषधीले काम नगर्ला कि ?
