यही साउन २१ गते अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही नथालिए आमरण अनशन बस्ने चेतावनी दिएकी थिइन् ।
लामो समयदेखि पानी र औषधिको भरमा बाँचेकी अधिकारीले आफ्नो छोरा कृष्णप्रसादको हत्यारा छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, परशुराम पौडेललगायतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएको भन्दै आमरण अनशन सुरु गरेकी हुन् । वीर अस्पतालको शैय्याबाटै आमरण अनशन थालेकी उनले आफ्नो सहमति बिना नछुन चिकित्सकसँग आग्रह गरेकी छिन् ।
