Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखी राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ । काठमाडौं पनि मिनि बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्याकामा मात्र करीब तिन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटीएका केही दृश्य यसप्रकार छन् । दृश्य एक: अघोषित रेड लाइट एरीया बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ ।


सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला । रातोपाटी संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए ।
ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् ।

सिन्धुपाल्चोकबाट दुई वर्षअघि काठमाडौं झरेकी कोपीला लामा (नाम परिवर्तन)का अनुसार त्यहाँ धेरैजसो पुरुषहरु एक्ला एक्लै आउने गर्छन् । त्यसरी यौन प्यास मेटन आउने ग्राहकले युवतीलाई सात सयदेखी एक हजार र कोठा भाडा बापत पाँचसय रुपैयाँ बुझाउनु पर्छ ।
‘अनी प्रहरीले छापा मार्दैन त ? खतरा छैन ?’ भनेर सोध्दा अर्की युवती नुवाकोटबाट आएकी १८ वर्षीया मुना (नाम परिवर्तन)ले भनीन, ‘साहुले सबै सेटीङ मिलाएको छ क्या । त्यस्तो खतरा छैन । कप्स (प्रहरी) आउने भयो भने पनि पहिल्यै खबर आइहाल्छ ।’ यस्ता रिसोर्टहरुमा भर्खरका युवा मात्र हैन, अधवैंशेहरु पनि आउने गरेका छन् । यौनकर्मी २७ वर्षीय दिपिका (नाम परिवर्तन)का अनुसार सरकारी कार्यालयका अधिकारीदेखि कतिपय राजनीति दलका तल्लो तहका नेताहरु पनि आउने गर्छन् । एक घन्टाको पाँच सय रुपैयाँ पाएपछि रिसोर्टका मालिक पनि मालामाल छन् ।


 केटीहरुसँग बढी सोधपुछ गरेको थाहा पाएपछि माथिबाट मालिक कराउन थाल्छन्, ‘के केटीहरु आ–आफ्नो काममा लाग । अर्को गेस्ट आएका छन, त्यतातीर लाग ।’ दृश्य दुई : अन्टीको अखाडा

काठमाडौं, सुकेधारा छेउकै एउटा सभ्य मानव वस्ती । आकर्षक घरहरु छन् । बाटोको राम्रो सुविधा छ । बातावरण सफा सुग्घर छ । त्यही सभ्य मानव वस्तीमा एउटा कम्पाउन्डवाला घर छ । त्यो घरको

पहिलो तलामा कालो रङको गेट छ । डोर बेल बजाएपछि एउटी करीब ४२ वर्षकी महिला ढोका खोल्न आउँछिन् ।
‘अलि ढिलो आइस्यो नी, बाटोमा जाम प¥यो की ?’, ति महिला मुसुक्क हाँस्दै भन्छिन् । ती महिलाले दश वर्षअघि नै आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन् । दुईवटा सन्तान स्कुलमा

पढ्छन् । उनी यौनकर्मीमाझ ‘आन्टी’ उपनामले प्रख्यात छिन् । उनको खास नाम कसैलाई थाहा छैन । आन्टीसँगै भित्र जाँदा बडा आकर्षक बैठक कक्ष देखियो । महंगा सोफा र गलैचा । करीब ३६

इन्चको पातलो टिभी भित्तामा । एउटा लचकदार बेड ।
 अनी भित्तामा कुनै सिनको ठुलो तस्वीर । ‘चिया बनाउँ की ? बियर ल्याइदिउँ की, मर्जी होस्’, अन्टीले भनिन् । अन्टीको उमेरले चालिस नाघे पनि उनी विछट्टै राम्री देखिन्थीन् । गोरो र बाटुलो

अनुहार । आँखामा पातलो घेरामा गाजल लगाएकी । परेलालाई ब्युटीपार्लरमा गएर मिलाएकी । ज्यान खँदिलो । उचाई त्यस्तै ५ फीटकी । मोटाई ठिक्क । तर, उनी आफै भने त्यस्तो काम नगर्ने रे ।
 ‘चिया भए पुग्छ’ भनेपछि उनी कराइन्, ‘ए सेती, अंकललाई एक कप चिया बना त ।’ अनी ग्राहकतिर फर्केर भनीन, ‘के छ त विचार ? नानीहरुलाई डाकौं ?’ ‘हुन्छ’ भनेपछि अन्टीले मोबाइलमा फोन

लगाइन र कसैलाई डाकिन । केहीबेरमै त्यहाँ एउटी प्लस टु कलेजकै ड्रेसमा निलो ब्लेजर कोट लगाएकी एउटी युवती आइन् । हेर्दा २१–२२ वर्षकी जस्ती देखिने ति युवतीलाई प्लस टुमा पढ्ने भनेर

त्यस्तै ड्रेसमा सजाएर त्यहाँ ल्याइएको भए पनि पछि कुराकानी गर्दा उनी कलेज पढने युवती नभएको पाइयो । ग्राहकसँग बढी पैसा असुल्न यस्तो तरिका अपनाएकी रहिछन्, आन्टीले ।
 ‘नानी यिनै हुन्, चल्छ नी हैन ?’ भनेर आन्टीले ग्राहकलाई अर्को कोठामा लगीन । त्यो कोठा अलि अँध्यारो खालको थियो झ्याल सबै थुनिएका । एउटा बेड मात्र थियो । कोठामा अली अली चुरोट र

काठमाडौंमा युवती भाडामा राख्नेहरुको पर्दाफास ! काठमाडौंको कुन,कुन ठाउँमा पाइछ युवती भाडामा...? ,

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...