गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ | जस्तै =
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ |
डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ |
दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ |
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।