Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

पूज्यनीय बुवाआमा ! मैले अनेक सपना साँचेर घर छाडेँ, यो खाडी मुलुकमा आइपुगेँ । यहाँ आउनुको एउटै उद्देश्य थियो– काम गरेर पैसा कमाउनु । पैसा कमाएर के गर्ने ? सपना अनेक थिए– धनी हुने, घर बनाउने, जमिन किन्ने, दोकान गर्ने, राम्रो लगाउने, मीठो खाने, नयाँ जिन्दगी सुरु गर्ने, कुनै असल केटाको नजरमा पर्ने, सुन्दर भविष्य बनाउने, आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने र बुवाआमालाई पनि सुख दिने । गरिबकी छोरीको सपना कति नै ठूला हुन्छन् र ? Sarita आज म त्यो निर्दोष बालपन सम्झन्छु । म स्कुलको दैलो भएर मेलापात जान्थेँ । अरु विद्यार्थी कलम समाइरहेका हुन्थे, मेरो हातमा कुटो–कोदालो हुन्थ्यो । स्कुलको आँगनमा अरु विद्यार्थी राष्ट्रियगान गाएर उभिन्थे, म घरको आँगनमा रोएको भाइलाई बोकेर उभिन्थेँ । तपाईंहरूले स्कुल पठाएकै हो । तर, स्कुल गएर के खाने ? घरको उब्जनीले तीन महिना खान पुग्दैनथ्यो । हजुरहरूले दुःख गरेको देख्दा मेरो कलिलो मन भाँचिन्थ्यो । त्यसैले दुई दिन स्कुल जान्थेँ, चार दिन मेलापात । दुई कक्षामा दुईपल्ट, तीन कक्षामा तीनपल्ट फेल भएपछि हलक्कै बढेँ । त्यसपछि स्कुल जान लाज लाग्ने भइहाल्यो । गरिबका छोरी हलक्कै बढ्नु पनि दुर्भाग्य नै रहेछ । मैले सोचेकी थिएँ– यहाँ आएर काम गर्छु, पैसा कमाउँछु, यहाँ काम गर्न पैसा कमाउन कुनै गाह्रो नहोला । तर, सोचेजस्तो कहाँ हुन्छ र ? आएको केही महिना त काम राम्रैसँग चलेको थियो । काम पनि त्यस्तै थियो । मजस्ती अनपढले कस्तो काम पाउँथे र ? जे गर्छु भनेर आएकी थिएँ, त्यही काम पाएकी थिएँ, मालिकको घरको काम– सरसफाइ गर्ने, खाना बनाउने, भाँडा माझ्ने, यस्तै–यस्तै । सुरुसुरुमा तलब पनि समयमै आउँथ्यो र घरमा पठाउँथे । घरमा पैसा पठाएको रात यति खुसी लाग्थ्यो कि ननिदाएरै सपना देख्थेँ । तर, यो खुसी धेरै दिन टिक्न पाएन । दिन बित्दै गयो र मेरो दुई वर्षको भिसा पनि सकियो । म दुई वर्षमै घर फर्कन चाहन्नथेँ, यहाँ आउँदा लागेको ऋण पनि तिरिएको छैन, यति छिटै घर फर्केर के गर्नु ? मैले भिसाको म्याद थप गर्न मालिक्नीसँग अनुरोध गरेँ । भिसा थप्ने कुरा गर्दागर्दै आधा वर्ष कटाइदिए । त्यसपछि मेरो बसाइ गैरकानुनी हुन पुग्यो । भिसा सकिएपछि मेरो तलब पनि रोकियो । घरमा मालिक्नी नहुँदा मालिक मेरो ओछ्यानसम्म आइपुग्थ्यो । मालिक–मालिक्नी दुवै नहुँदा उनीहरूको छोरो आउन थाल्यो । मलाई जेल हाल्ने धम्की दिँदै मेरो शरीरसँग खेल्न थाले । कति रोएँ, कति कराएँ, तर यो बिरानो भूमिमा मेरो चित्कार सुन्ने को नै छ र ? मालिक र मालिकको छोराको मन फर्किएन । उनीहरूले एउटी नारीमा आफ्नो छोरीचेलीको अस्तित्व देखेनन् । म लुटिँदै गएँ, लुटिनु मेरो विवशता थियो । नलुटिनुको विकल्प आत्महत्या थियो, जो म सोच्नसम्म सक्दिनँ । मेरा बुवाआमा !

कुवेतको जेलबाट एउटी छोरीको चिठी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...