यदि ग्रह सकारात्मक भएमा बैबाहिक जीवन सुखी रहन्छ भने ग्रह नकारात्मक भएमा बैबाहिक जीवन कमजोर रहन्छ । बैबाहिक जीवनमा बधिनाकोलागी कहिलेकहिँ ग्रह सकारात्मक हुन्छ त कैले नकारात्मक रहन्छ । सकारात्मक समय हेरेर बुझेर बैबाहिक जीवन मा बधिदा त ठिकै हुन्छ तर कैलेकाही प्रेम अटुट भन्दै जबरजस्ती गरेको बिबाह मा छोडपत्र गर्न नि कत्ति पनि समय कुर्नु पर्दैन । यदि कुण्डलीमा मांगलिक छ भने २८ बर्ष भन्दा पछि मात्रै बिबाह बन्धन मा बधिनु राम्रो हुन जान्छ ।
यदि अगाडी नै गरेमा राम्रो सग मिलाएर जुराएर स्वस्ति शान्ति गरेर मात्रै बैबाहिक बन्धन मा बाधिनु पर्ने हुन्छ । त्यस्तै सप्तम घर को मालिक सष्टम घरमा बसी त्यसलाई पापी ग्रहको पूर्ण दृस्टी छ भने पनि बैन्बाहिक जीवनमा असर पर्न जान्छ । त्यस्तै मंगल र शुक्र सगै बसी पापी ग्रह को पूर्ण दृस्टी छ भने त्यस्तो अवस्था मा चरित्रहीन योग बन्दछ ।यस्तो अवस्था मा केटा होस् वा केटि होस् बैबाहिक जीवनमा सुखी रहन सक्दैन । कहिलेकाही कत्तिपय अबस्थामा बिबाह पस्चास्त लामो समय समय सम्मन सन्तान नहुनु र डाक्टर को कुनै औसधि ले काम नगर्दा घर झगडा भै बहुबिबाह भएर बैबाहिक जीवन कमजोर बन्न सक्छ। यो सबै कहिले कहिँ ग्रह को कारण ले पनि हुन सक्छ ।
