Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Tuesday, August 9, 2016

जापानी नागरिकले पारपाचुकेपछि विहेगर्न १०० दिन कुर्नुपर्ने कानुनी प्रावधानको जापानमा नै विरोध भएको समाचार छ ।
जापानी मन्त्रिपरिषदले सो प्रावधानसहितको कानुन मङ्गलबार नै पारित गरेको थियो । सो कानुनमा कुनै पनि जापानी महिलाले सम्बन्ध विच्छेद गरेपछि अर्को विहे गर्नुपरेमा कम्तीमा पनि १०० दिनसम्म कुर्नुपर्ने व्यवस्था छ ।
जापानको कन्जरभेटिभ दलका प्रधानमन्त्री सिन्जो अबेको मन्त्रिपरिषदले सो कानुनमा मङ्गलबार परिवर्तन गरेको थियो ।
यसअघि सो कानुनमा पारपाचुके गरेका महिलाले कम्तीमा पनि छ महिना कुर्नुपर्ने कानुनी प्रावधान रहेकोमा महिलावादीहरुको आग्रह र दबाबपछि सरकारले यस कानुनमा संशोधनको प्रस्ताव गरेको हो ।
मङ्गलबार जापानी मन्त्रिपरिषदले पारित गरेको सो कानुनी प्रावधानलाई जापानी संसदमा प्रस्तुत गरिने छ ।
तर यो १०० दिनको प्रावधान पनि बढी भएको टिप्पणी महिला अधिकारवादीहरुबाट आएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन पारेर यस कानुनमा सरकारले संशोधनको प्रस्ताव गरेको हो ।
उक्त कानुनले छ महिनासम्म कुर्नुपर्ने भनी राखेको प्रावधान लामो समय भएकोभन्दै त्यसलाई घटाउन र सो कानुनलाई पुनर्विचार गर्न आदेश दिएको छ ।
जापानको मुलुकी ऐनले भने महिलाको पुनःविवाहका लागि विशेष कारण र परिस्थितिमा मात्र सहमति दिएको छ ।
तर जापानको सर्वोच्च अदालतको गत डिसेम्बर महिनाको फैसलाले भने पुनः विवाहको समयलाई घटाउन दिएको आदेशपछि बढीमा १०० दिन बनाइएको हो ।
तर यो समयलाई पनि अझै भारी मात्रामा घटाउनुपर्ने माग महिला अधिकारवादीहरुले गरेका छन् । विश्व नारी दिवसका अवसरमा मङ्गलबार जापानमा आयोजित विभिन्न कार्यक्रममा सो माग गरिएको हो ।

महिलाहरूले अब एक सय दिनपछि दोस्रो विहे गर्न पाउने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...