रियो द जेनेरियो ती १६ वर्षे युवतीलाई आफ्नो केटा साथीको घर जाँदै गर्दा हतियारधारी समूहले बलात्कार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केहीले त्यतिबेलाको तस्बिर र ४० सेकेण्डको भिडियो समेत खिचेर सामाजिक सञ्जाल ट्वीटरमा राखेका थिए ।
पक्राउ पुर्जी जारी हुनेमा उनका केटा साथी पनि रहेका छन् । स्थानीय प्रहरीले घटनाको सत्यतथ्य सबै बाहिर आइनसकेको बताएको छ ।
ती किशोरमाथि शनिबार सामूहिक बलात्कार भएको थियो । उनी आइतबारमात्रै होसमा आएकी थिइन् ।
घर फर्केको अर्कोदिन उनले आफूलाई बलात्कार गर्नेले भिडियो ट्वीटरमा राखेको थाहा पाएकी थिइन् ।
घटना सार्वजनिक भएपछि अधिकारकर्मीले पुरुषद्वार महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदर्शन गरिरहेका छन् ।
