Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

जनकपुर, २८ साउन– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुका मागको सम्बोधन नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारबाट हटाउने चेतावनी दिएका छन् ।
Upendra-yadav
जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा यादवले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाउँदै आएका माग पूरा नभए प्रचण्डको हालत पनि केपी ओलीकै जस्तै बनाइदिने धम्की दिए ।
ओलीमा अति नै नश्लवादी सोच हाबी भएकाले बालुवाटारबाट हट्नुपरेको र प्रचण्डले त्यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।
‘यदि हाम्रा माग पुरा भएननन भने प्रचण्डको विकप्ल खोज्छौ, ‘यादवले भने, बालुवाटारबाट कसरी निकाल्नुपर्छ हामीलाई थाहा छ ।’
यादवले काँग्रेस–माओवादी गठबन्धनसँग भएको तीन बुँदे सहमतिका आधारमा समस्या समाधान नभए संविधान खारेजीको मागसअघि निर्णायक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
यादवले वर्तमान सत्ता गठबन्धनसँग संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नभएको तथ्यसँग आफूहरु सहमत रहेको भन्दै कम्तिमा पनि सरकारले विभेदकारी धारा संशोधनका लागि संसदमा प्रस्ताव मात्र ल्याइदिए हुने बताए ।
फरक प्रसंगमा यादवले विभेदपूर्ण तरिकाले पछाडि पारिएका मधेसी, थारु, मुस्लिम र जनजातिका माग समयमै सम्बोधन नभए नेपाल जातीय युद्धमा जाने समेत उल्लेख गरे ।

एक सातामै आयो प्रचण्डलाई ओलीलाई जसरी नै बालुवाटारबाट हटाउने धम्की -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...