निन्द्रामा नराम्रो सपना देख्नुहुन्छ ? या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन ? त्यसो भए सावधान हुनुहोस् । यस्तो छ भने तपाईंलाई मानसिक रोग ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी)’ को शिकार हुनु भएको हुन सक्छ ।
मनोवैज्ञानिकहरु भन्छन्, ‘यो रोगबाट पीडित मानिसमा चिडचिडाहट हुने र सानो कुरामा पनि रिसाउने हुन्छ । यो यस्तो समस्या हो, जहाँ अतितका घटनाहरु वर्तमानमा प्रतिक्रिया दिन्छन् ।’ अनुसन्धानका अनुसार बाल्यकालमा मनमा आघात या पारिवारिक तनावले पीटीएसडी हुने सम्भावना बढाउँछ । यौन दुव्र्यवहार, युद्ध अवस्था, सडक दुर्घटनाजस्ता घटनाबाट पनि यस खालको मानसिक समस्या सिर्जना हुन्छ । कहिलकाही यस्तो समस्या भएका मानिसले आत्महत्याको सहारा पनि लिन सक्छन् ।
पीटीएसडीका लक्षण-
-चाँडै ब्युझनु या निद्रामा नराम्रा सपना देख्नु
-एउटै घटना बारम्बार देख्नु या याद आउनु
-बिर्सने समस्या
-ध्यान केन्द्रित गर्न कठिनाई
-अति सतर्कता, अचानक तीब्र रिस उठ्ने या कहिलेकाहीँ हिंस्रक पनि हुनु
-अचानक डर सिर्जना हुनु
-अकारण मांसपेशीमा पीडा हुनु
-घबराहट र चिन्ता बढ्नु
-अत्यधिक लाज, ग्लानी हुनु
-अत्यधिक भावुक हुनु
उपचार-
पीडितको मनोदशामा चाँडै सुधार या आघातको लक्षण कम गर्न चिकित्सकले ‘मूड एलिभेटर’ थेरापीको प्रयोग गर्छन् । यसका लागि सम्मोहनको पनि सहारा लिइन्छ । यो विधि उपयोगी साबित पनि भएका छन् ।
मनोचिकित्सकीय विधि
संज्ञानात्मक व्यवहार थेरापी (कग्निटिभ बिहेबरल थेरापी) : यो एक वैज्ञानिक वार्तालापको विधि हो । यसमा दर्दनाक घटनाबाट उत्पन्न गलत सोचका बारेमा पीडितसंग कुराकानी गरिन्छ ।
आघात केन्द्रित विधि : यो विधि पीडितलाई आघातसम्बन्धी कुराकानी गर्न लगाएर चिन्ता हटाउने प्रयास गरिन्छ ।
चिकित्सकको औंला देखाएर कुरा गर्ने विधि : यसअन्तर्गत पीडितलाई चिकित्सकको औंला देखाएर आघातका बारेमा कुुरा गर्न प्रोत्साहित गरिन्छ । यसबाट पीडितको लक्षणमा सुधार सम्भव हुने मानिन्छ । पीटीएसडीको उपचारमा यो सबैभन्दा उपयोगी तरिका हो ।
