Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Tuesday, August 2, 2016

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रचण्ड सरकारमा मन्त्री बन्ने कुनै इच्छा नरहेको बताएका छन् ।

विमलेन्द्र निधिसँगै सिटौलाले सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व आफूले गर्ने दाबी गरेको बताइएको थियो । अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि सरकारमा पार्टीको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी गरेका छन् ।

तर, सिटौलाले भने आफूले सरकारमा पार्टीको नेतृत्व दाबी नगरेको अनलाइनखबरलाई बताए । ‘सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने पार्टी सभापति र संसदीय दलका नेता शेरबहादुर दृउवाले निर्णय गर्नुहुन्छ’ सिटौलाले भने, ‘तर, यसमा मेरो कुनै दाबी छैन । सरकारमा जाने इच्छा छैन ।’

उनले अघि भने, ‘पार्टीमा पुराना र नयाँ क्षमतावान ‘साथीहरु’ छन् । उहाँहरुलाई मन्त्री बनाउँदा हुन्छ ।’

आफूले पार्टीमै बसेर सघाउने पार्टी सभापतिलाई बताइसकेको उनले बताए । ‘सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि मैले पार्टीमा बसेर सहयोग गर्छु भनेको थिएँ’ सिटौलाले भने, ‘अहिले पनि भनेको छु ।’

सिटौलाले कांग्रेसको सहयोगमा बन्न लागेको प्रचण्ड सरकारलाई राजनीतिक रुपमा भने सघाउने बताए । ‘संविधान कार्यान्वयनमा धेरै समस्या आउने देख्छु म’ उनले भने,’त्यहाँ मेरो भूमिका उपयुक्त हुन्छ भन्ने म आफैंलाई लागेको छ । यसका लागि सरकारमा बसेर भन्दा बाहिर बसेर काम गर्छु ।’

प्रचन्ड भये नेपाल को नयाँ प्रधानमन्त्री भिडियो हेर्नुहोश

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...