राप्रपा नेपाल मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता जिल्ला भेलालाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेख गरेको स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र निर्वाचान गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औँल्याए ।
उनले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि २६ वर्षसम्ममा २४ वटा सरकार परिवर्तनबाट अस्थिर भएको नेपालको आर्थिक विकास हुन नसकेको यथार्थ बताउँदै अहिले सत्ता परिवर्तनभन्दा पनि स्थिरता र आर्थिक उन्नतितर्फ सबै दलहरु एकजुट भए प्रजातन्त्र, राष्ट्रियता र आर्थिक अवस्था बलियो हुने उनले बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले नेपालको हितमा चीनसँग गरेको पारवहन सन्धि सम्झौताबाट भारत चिन्तित हुनुपर्ने कुनै कारण नभएको कुरा आफू परराष्ट्र मन्त्री हुँदा भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीलाई आश्वस्त पारेको स्मरण गरे ।
सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपक सिंह र मधु अधिकारीले स्थानीय निकायलाई प्रभावकारी बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
