नचिनेको पुरुषले लिंग नै पठाएपछि महिलाले पनि कडा जवाफ दिएकी छिन् । जसलाई बहादुरी कदम भनेर मानिसहरुले प्रशंसा गरिरहेका छन् ।
व्रिटेनकी समांताले म्यानेष्टरको एक होटलबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् । त्यसको लगत्तै एक नचिनेका पुरुषले कमेन्ट गरे– ‘आफ्नो इन्बक्स चेक गर ।’
समांताले इनबक्स चेक गर्दा जेम्स नामका ती पुरुषले म्यासेजमा समांतालाई आफ्नो लिंगको फोटो पठाएका थिए ।
बीबीसीका अनुसार पहिला त सामांताले सोचिन यो हर्कतलाई त्यसै सहेर बसौं । जस्तो कि अधिकांश हामी महिलाहरुको परम्परा सिकाइएको हुन्छ । तर, उनले यो हर्कतविरुद्ध लाग्ने र अरु पुरुषले यस्तो हर्कत नगरुन भन्ने पाठ सिकाउन लाग्ने सोचिन् ।
