Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने,गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् ।

यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिए ।

रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उनले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिकासहित निर्देशन दिएको जानकारी दिए । उनका अनुसार चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ ।

चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ । चितवनमा पाइएकामा ३३ जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिएका छन् । बढी चितवनमा देखिएपनि यो रोग अहिले सिन्धुली, नुवाकोट,बाँके, उदयपुरलगायत जिल्लामा पनि देखिएको छ ।

“हुन त ५–६ वर्षअघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रुपमा आउन सकेन”,इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भने, “अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिकरुपमा प्रमाणित भएको हो ।”पहिलोचोटि ६ जनामा देखिएको थियो, गतवर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डा शर्मा बताउछन् ।

“रोगको पहिचान नहुँदा गएको वर्ष आठजनाको मृत्यु भएको थियो, तर यो वर्ष मरेको भन्ने जानकारी आएको छैन”, उनले भने । रोग थाहा पाइसकेपछि भने एन्टिबायोटिकले सजिलै निको हुने चितवन मेडिकल कलेजका चिकित्सक डा दयाराम लम्सालले बताउछन् ।  रगत परीक्षणबाट यो रोग विगतमा पनि आफूहरुले पत्ता लगाएको डा लम्सालले बताए ।

फैलँदैछ नयाँ रोग ‘स्क्रब टाइफस’

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...