Xby TurboMac
प्लाष्टिकका भाँडोमा तलबाट त्रिकोण आकारमा केही लेखिएको हुन्छ । जुन धेरै मानिसले वास्ता गर्दैनन् । यो प्लाष्टिकलाई पुनः साइकलिङ गर्ने भन्ने कुराको प्रतिक हो । यसलाई रेजिन आइडेन्टिफिकेशन कोड भन्ने गरिन्छ । सोसाइटी अफ द प्लास्टिक इण्डस्ट्रीले जारी गर्ने यस्तो कोड अमेरिकाको औद्योगिक क्षेत्रको कोड हो ।
के कुरामा ध्यान दिने ?
-प्लाष्टिकको भाँडोमा हुने उक्त चिन्हले पोलिइथाइलीन टेरेप्थालेटलाई दर्शाउँछ । यस्तो प्लाष्टिकका भाँडा सफा देखिन्छन् । यस्तो प्लाष्टिकले बनेका भाँडा मदिराजन्य पदार्थ राख्न प्रयोग गरिन्छ । लामो समय सम्म प्लाष्टिको भाडाँमा कुनै खाद्य पदार्थ राख्नु घातक हुन्छ ।
-प्लाष्टिकको बोटलमा हुने हाई डेनसिटी पोलीइथाइलीनले प्लाष्टिकलाई मोटो र धमिलो देखाउँछ । यस्ता भाँडामा दुधका पदार्थ तथा धुलो पाउडर दुध जस्त पदार्थ राख्न सकिन्छ । यस्तो प्लाष्टिकमा लामो समय सम्म खाद्य पदार्थ राख्नु सुरक्षित नै मानिन्छ ।
