वर्षाको कारण जिल्ला भरी नै सर्प फैलिएको छ । केही दिनयता सर्पदंशका विरामीहरु उपचारका लागि दैनिक सयौं संख्यामा आउने गरेको जिल्ला अस्पताल तथा नवलपरासीको बज्रदल गण त्रिबेणीले जनाएको छ ।
नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार गर्नका लागि ७ सय ९५ जना आएका छन् । एक वर्षमा उक्त मेडिकलमा मात्रै ४४२ जना महिला र ३५३ जना पुरुषलाई सर्पदंशको उपचार गरिएको गणले जनाएको छ ।
गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढि हुने गर्दछ । नवलपरासी, रुपन्देही र भारतबाट समेत सर्पदंशका बिरामी आउने आउने उक्त गणले जनाएको छ । त्रिवेणीको उक्त गणमा मात्रै दिनहुँ दुईदेखि सात जना सर्पदंशका विरामी आउने गरेका छन् । नेपाली सेनाको लागि शुरु गरिएको सेवा भने अन्यलाई समेत प्रदान गरिँदै आएको छ ।
नारायणी नदिमा आएको बाढीले गाउमा सर्प फैलिएको नवलपरासीको त्रिवेणीस्थित सुस्ता सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए ।
यस्तै, नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पताल, कावासोतीको कालीगण्डकी सामुदायिक अस्पतालमा पनि सर्पदंशका विरामीको चाप बढेको छ ।
नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेकोमा जिल्लाको पहाडी क्षेत्रका नागरिक भने अस्पतालमै ल्याउन नपाइ मृत्यु हुनेगरेको छ ।
