समाचारमा देखाइएका सामानका पोका र कोठा वास्तविक नभएको र भान्साका रुपमा देखाइएको फाटो बालुवाटारको नरहेको पनि ओलीको सचिवालयले जनाएको छ । अन्यत्रतिरको फाटो प्रयोग गरी पूर्व प्रधानमन्त्री ओलीलाई बदनाम गराउने नियतले झुठा समाचार सम्प्रेषण भईरहेकोमा ओलीको सचिवालयले आपत्ति समेत जनाएको छ ।
उनको सचिवालयमा कार्यरत रहेका रमेश भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु अघि बालुवाटार निवासको व्यबस्थापन हेर्न त्यहाँ रहेका शहरी विकास तथा भवन विभाग र प्रधानमन्त्री कार्यालयबाट खटिएका कर्मचारीहरुको रोहबरमा सामानहरुको बुझबुझारथ गरिएको थियो । तर, त्यस्तो वास्तविकतालाई ढाकछोप गरी झुठा समाचार सम्प्रेषण गर्नुको पछाडि पूर्व प्रधानमन्त्रीलाई बदनाम गराउने नियत रहेको उनले जनाए ।
