उनको उद्योगको पानीको नाम ‘कोमल जल’ राखिएको छ । तुलसीपुर ५ गोलौरास्थित उद्योगमा विहिवार ‘कोमल जल’को उद्घाटन भएको छ। आफू यही ठाउँमा जन्मिएकाले यही ठाउँका लागि केही गरौं भन्ने भावनाले पानीको व्यवसायमा लगानी गरेको उनले बताइन्।
उनले आफ्नो पानीको प्रचार गर्दै ‘पानी र जवानी’लाई रोमाञ्चित पाराले पस्किइन्। ् ‘पानीमा जावनी अडेको हुन्छ कोमल जल पिउनुहोस म जस्तै गरी आफ्नो जवानी बचाउनुहोस्,’ उनले भनिन्। गायिका वलीका भाइ नरेन्द्र वली र कपिलवस्तुको चन्द्रौटा निवासी मोडल स्रजन पोख्रेलको लगानीमा खोलिएको ओम ड्रिङकिङ्ग वाटर एण्ड ओभरेज उद्योगको लगानी ४० लाख रहेको उनले जानकारी दिइन्।
गायिका वलीले उद्योगबाट बिक्रीभएका मध्य प्रतिबोत्तल १० पैसाका दरले छुट्याएर सामाजिक हितका लागि खर्चिने बताइन। उनले पारदर्शी ढंगले उक्त रकम समाज हितमा लगाउने प्रतिवद्धता जनाएकी थिइन्। त्यसअवसरमा सांस्कृति कार्यक्रम समेत भएको थियो।
‘कोमल जल’ उद्घाटनका अवसरमा सहभागी चर्चित हाँस्य कलाकार जितु नेपालले कोमल वलीदेखि सरकार प्रमुख, राजनीतिक दलका शीर्ष नेताहरुलाई व्यङ्ग्य गरेका थिए । स्टेजबाट गायिका वली दर्शक दिर्घामा बसीरहेका बेला नेपालले भने, ‘राजेश हमालको बिहे भइसक्यो अब कोमल दिदीको बिहे कहिले हुने हो, लगन गाँठो कहिले कसीने हो।’ उनले श्रीस्वस्थानी वर्तकथामा वर्णित पात्र पार्वती रुपी कोमले कहीले महादेव पाउने भनी प्रश्न गरेका थिए। उद्योगले दैनिक एक हजार ५ सय बोत्तल पानी उत्पादन गर्न सक्ने जनाइएको छ।
